१४ दशमलव ६५ अंकले बढेको बजारमा डेढ अर्ब बढीको कारोबार

बिजनेसपाटी १९ भदौ

आज आइतबार नेप्से १४ दशमलव ६५ अंकले बढेको छ ।  कारोबार रकम पनि उच्च भएको  छ। आज १ सय ४६ कम्पनीको एक अर्ब ६४ करोड ९२ लाख रुपैयाँ कारोबार भएको हो। आज बिमा सहित सबै होटल, बैंक र बिकास बैंक सबै उपसुचक बढेका छन्। होटल २९ र बैंक २४ अंकले बढेका छ भने बिमा १८ र बिकास बैंक आठ अंकले बढेका छ  ।

आज फाइनान्स, जलविद्युत, उत्पादन मुलक र अन्य कम्पनी उपसूचक भने घटेका छन्।  उत्पादन मुलुक समुहको भने सबै भन्दा धेरै  ४४ दशमलव ६२ अंकले घट्यो । आजको कारोबारमा सर्वाधिक कमाउने कम्पनीको सूचीमा राप्ती भेरी विकास बैंकका सेयरधनीले १० प्रतिशत र कर्णाली विकास बैंकका लगानीकर्ताले ९.८५ प्रतिशत नाफा कमाएका छन् ।आजको कारोबारमा सप्तकोशी विकास बैंक र विजय लघुवित्तका लगानीकर्ताले भने ५  प्रतिशत भन्दा बढी गुमाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया