१४ वटा पदयात्राका क्षेत्र तोकेर टिप्सको मापदण्ड लागू
काठमाडौं १९ चैत्र २०७९।
सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिवार टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् ।
नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा गर्ने पदयात्रीले टिम्स अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
मापदण्डमा तोकिएको रूटमा जानुअघि पदायात्रीले अधिकतम २ हजार रुपैयाँ शुल्क तिरेर अनुमतिपत्र लिनुपर्ने उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया