१७०० कर्मचारीलाई भारतीय हीरा व्यापारीद्वारा घर र कार बोनस

काठमाडौं,११ कात्तिक,
एजेन्सी

प्रतिष्ठित भारतीय एक हिरा व्यापारीले आफ्ना १७१६ कर्मचारीलाई यस तिहारमा घर र कार बोनस दिने घोषणा गरेका छन्।
हरेकृष्णा एक्सपोर्ट नामक व्यवसायमा कार्यरत उत्कृष्ण कर्मचारीलाई ५नोट गरिएको थियो । जसमा १२ सय कर्मचारीहरूको तलब १० हजार रूपैयाँ देखि ६० हजार रूपैयाँसम्म छ।
कम्पनीले यसपटक १६६० कामदारलाई ५१ करोड बराबरको बोनस बाँढेको हो। कम्पनीले १२६० कार र ४०० घर बोनस दिएको छ। यसका साथै ५६ कर्मचारीलाई गरगहना उपहार दिएको छ। हिरा व्यापारी सवजी भाई ढोलकियाले हरेक वर्ष तिहारको अवसरमा दिल खोलेर आफ्ना कर्मचारीलाई उपहार र बोसन बाढ्ने गरेका छन्। अघिल्लो साल उनले आफ्ना कर्मचारीलाई ४९१ कार, २०० घर र गहना बोनस बाँढेका थिए। सवजी भाई ढोलकियाको कम्पनी आगामी वर्ष २५ वर्ष पुरा गर्ने भएको छ। सवजी भाईका अनुसार आफ्नो कम्पनीमा काम गर्ने सबै ५५०० कर्मचारीको आ-आफ्नो घर र कार हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया