१७ अंकले बढ्यो नेप्से, १० प्रतिशतले शेयरमूल्य बढ्ने यस्ता छन कम्पनी

बिजनेसपाटी १ भदौ 

आज बुधबार नेप्से परिसुचक १७ दशमलव ६१ अंकले बढेको छ ।  बुधबारको कारोबारमा ५  कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।बजार खुल्नासाथ उकालो लागेको नेप्से १७४१ अंक पार गरेर फर्किएको हो ।  बजारमा आज १४५ कम्पनीको एक अर्ब ७ लाख रुपैयाँ बराबरको  किनबेच भएको छ । आजको कारोबार भने अधिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँले घटेको छ ।

आज बीमा समुहको सुचक सवैभन्दा बढी १०३ अंकले उकालो लागेको छ भने  होटल समुह ६१, विकास बैंक २६, वािणज्य बैंक १६, जलविद्युत १५ र अन्य समुहको सूचक ६ अंकले उकालो लागेको छ । आज उत्पादन समूह भने साढे ८ अंकले घटेको छ ।

आज नेपाल बंगलादेश बैंकको सवैभन्दा बढी करिब ७ करोडको शेयर कारोवार भएको छ । लुम्बिनी जनरलको ५ करोड २१ लाख, इन्भेष्टमेन्ट बैंकको ४ करोड ६१ लाखको कारोबार आज भएको छ । नेपाल लाइफ र सिद्धार्थ बैंकको पनि ३ करोड बढीको शेयर खरिदबिक्री भएको छ ।

बुधबारको बजारमा पाँच कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ ।  राप्तिभेरी, सिद्धार्थ डेभलपेमन्ट बैंक,प्रोगेशिभ फाइनान्स,हाम्रो विकास बैंक, र गुह्ेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । ,हिमालयन जनरल इन्स्योरेन्स,रिडी हाइड्रो, एनबी इन्स्योरेन्स लगायतका कम्पनी धेरै कमाउनेको सूचीमा परेका छन् ।

आज बुधबार लक्ष्मी भ्यालु फण्ड एकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने  बजारमा युनियन फाइनान्स,नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक कन्भर्टिवेल शेयर, मिथिला लघुवित्त, सिनर्जी फाइनान्स लगायतका लगानीकर्ताले धेरै गुमाएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया