१८ बर्षको बेलायत बसाई छाडेर नेपाल फर्कदै छु

लक्ष्मण गौतम, बेलायत

म अहिले उमेरले ३६ बर्षको भएँ । आज भन्दा १८ बर्ष पहिला म नेपाली जहाज चढेर पहिलो पटक बेलायत आएको थिएँ अर्थात मैले आफ्नो जीवनको आधा समय नेपाल र आधा समय बेलायतमा बिताएँ । उति बेला नेपाली ध्वजाबाहक जहाज युरोपसम्म आउँथ्यो तर अहिले हाम्रा नेताहरुले बेचेर खाए । बेलायतमा नियम छ,कानुन छ, सुख सुबिधा सबैछ, जीवन आनन्दमय पनि छ । र,मेरो कुरा गर्दा म आफ्नो नेपालमा भएको सम्पति बेचेर बेलायतमा ८–१० वटा घर किनेर भाडामा लगाएर कामै नगरिकन मज्जाले बस्न सक्छु । तर मलाई यसो गर्न पटक्कै मन छैन । मलाई यहाको सुख सुबिधा, झिलिमिली भन्दा नेपालको धुलो,माटो र अन्धकार नै प्यारो छ । नेपालमा भएको प्रदुषण र खानपानमा मिसावटका कारणले बेलायतमा भन्दा नेपालमा १० बर्ष छिटो मरिन्छ तै पनि मलाई नेपाल नै प्यारो लाग्छ । युरोप, अमेरिकाबाट प्राय मानिसहरु उमेरले बुढो भएपछि र छोरा छोरीलाई सेटल बनाए पछि नेपाल फर्कन्छन् तर म उमेरले बुढो भएको पनि छैन । अनि मैले मेरा छोरा छोरीलाई सेटल बनाएको पनि छैन । तैपनि म एउटी ५ बर्ष र अर्की १ बर्षकी छोरी च्यापेर नेपाल फर्कने तरखरमा छु । मान्छे जन्मन्छ र मर्छ , यो सृष्टिको नियम हो तर सबै भन्दा ठुलो कुरा आफ्नो देश , आफ्नो समाज र आफु जन्मेको माटो हो । म बेलायत आउदा मेरो उमेर अलि सानो थियो , म देश र राष्ट्रियता भनेको बुझ्थेन र यहाँको झिलिमिली र गोरीहरुको सेतो छालाको आकर्षणमै यति धेरै समय बितेको पत्तै भएँन । तर आज म परिपक्क भएको छु । देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबै भन्दा ठुलो कुरा मभित्र जेगरे पनि आफ्नै देशमा नै गर्नुपर्छ भन्ने भावना जागृत भएर आएको छ । सबै युवाहरु बिदेशिए । नेताले नेपाल बर्बाद पारे,यो कटु सत्य हो ।laxman gtm

तर नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ । तर पैसा कमाउने होईन देश बनाउने भावनाका साथ राजनीतिमा लाग्ने हो भने नेपाल बन्छ । पर्यटन , कृषि , हाईड्रो पावर , खनिज आदिमा सरकारले ईमान्दारिताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ । तर सबै भन्दा पहिला जनता सचेत हुनुपर्यो, गु र गोबर छुट्टाउन सक्नुपर्यो । नेपालको राष्ट्रिय एकता मजबुत नभईकन नेपाल बन्दैन । संघीयताले हाम्रो राष्ट्रिय एकतालाई खलल पुराउने काम मात्र गरेको छ । त्यसैले हामी सबैले संघीयताको नकरात्मक प्रभावका बारेमा जनता र नेतालाई समेत बुझाउँन खाँचो छ । नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ । तर पैसा कमाउने होईन देश बनाउने भावनाका साथ राजनीतिमा लाग्ने हो भने नेपाल बन्छ । पर्यटन , कृषि , हाईड्रो पावर , खनिज आदिमा सरकारले ईमान्दारिताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ । सरकार ढाल्ने र बनाउने यो संसदीय प्रणाली नेपालमा असफल साबित भैसकेको अवस्था छ ।

त्यसैले अब हामी सबैले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आवाज उठाउनुपर्ने बेला आउको छ । ईमान्दारिताका साथ भन्नु पर्दा मैले बेलायतमा १८ बर्ष बसेको, सेटल भैसकेको ३६ बर्षको युवा बेलायत छाडेर नेपाल फर्केको देखेको र सुनेको छैन । तर कुनै त्यस्तो घटना घटेन भने म अबको ३ महिनामा बेलायत छाडेर नेपाल फर्कन्छु । ममात्र होइन म यसै लेख मार्फत अमेरिका,अष्ट्रेलिया,क्यानडा वा अन्य मुलुकमा बस्ने सबै युवालाई नेपाल फर्कन आग्रह गर्न चाहन्छु । किनकि नेपाल हाम्रो हो,हामीले नबनाए कसले बनाउने ? अब पनि नबनाए कहिले बनाउने ? त्यसैले जेगरे पनि आफ्नै देशमा गर्नुपर्छ । अन्त्यमा , हो मलाई राजनीतिप्रति रुचि छ । तर नेपालमा म जस्तो मान्छेलाई राजनीति गर्न सजिलो पनि छैन । जे हो त्यही बोलिन्छ,कसैको चाकडी गरिन्न । सुन्छु र देख्छु चाकडी विना राजनीतिमा ठाउँ पाईन्नँ । सबैको साथ पाए राजनीति गरौंला,नत्र बुटवल मणिग्रामको चोकमा चिया बेचेर बसांैला । तर विदेशमोह छोडेर नेपालचाहिं एक फर्कन्छु , दुई फर्कन्छु र तीन फर्कन्छु ! अमेरिका,अष्ट्रेलिया,क्यानडा वा अन्य मुलुकमा बस्ने सबै युवालाई नेपाल फर्कन आग्रह गर्न चाहन्छु । किनकि नेपाल हाम्रो हो,हामीले नबनाए कसले बनाउने ? अब पनि नबनाए कहिले बनाउने ? त्यसैले जेगरे पनि आफ्नै देशमा गर्नुपर्छ ।

you can follow him on  https://www.facebook.com/Laxman-Gautam

फेसबुकबाट तपाईको प्रतिक्रिया