१८ वर्षमाथिका बालबालिकालाई बालसुधार केन्द्रमा राख्नु नै झडपको कारण –सुर्यप्रसाद ढकाल

काठमाडौ, चैत ३, २०८१ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अधिकांश सांसदहरुले बालसुधार गृहलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा केन्द्रीत रहेर बोलेका छन् ।

बैंठकमा सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको झडपका बारेमा वर्तमान सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् । हाल ंनेपालमा ९ वटा बालसुधार गृह सञ्चालनमा रहेका छन् । सबै बालसुधार केन्द्रमा सबै उमेर समूहका कैदीहरु एकै ठाउँ राखिएकाले पनि यस्तो समस्या आएको सांसद सुर्यप्रसाद ढकालले बताए ।

नेपालमा भएका ९ वटा बालसुधार गृह अन्तर्गत जम्मा १३७२ जना कैदीहरु रहेका छन् । जसमध्ये ३६ जना बालिकाहरु, ५ वर्षमुनिका ४२ जना नाबालकहरु, ६५ वर्ष माथिका ६०१ कैदीहरु रहेका छन्

त्यसमध्ये विदेशी कैदीहरु १४६१ जना रहेका छन् । उनीहरु जर्बजस्ती करणी लागुऔषध सेवन तथा ओसारपसारका मुद्दामा संलग्न देखिन्छन् ।

हाल कारागारमा रहेका ३० हजार कैदीहरुका लागि प्रत्येक महिनामा १७ करोड भन्दा माथिको खर्च राज्यले ब्यहोर्दै आए पनि उमेर समूहका हिसाबले वर्गीकरण नगरिएको कारण सबै ठाउँ अस्तव्यस्त देखिएको साँसद ढकालले बताए ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद ढकालले ‘सहकारी ठगी र हत्यारा बाहेकका बाँकी कैदीहरुलाई खुल्ला कारागार मार्फत् श्रमसँग जोड्न आवश्यक’ रहेको बताए । यस्तै गत शुक्रबार नेपालगञ्जको जयन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना घाइते बन्दीहरु घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु भन्दै सांसद ढकालले बाल सुधार गृहमा बारम्बार झडप हुनुको कारण १८ वर्षभन्दा माथिका बन्दीहरुलाई बालसुधार गृहमा राख्नु हो भन्दै सरकारको ध्यानाकर्ष गराएका छन् ।

त्यसैगरी तत्काल कानुन संशोधन गरी १८ वर्षभन्दा माथिका बन्दीहरुलाई कारागारमै राख्ने राम्रो व्यवस्था मिलाउन सकिएन भने यस्ता झडपहरु बारम्बार भइरहने भन्दै सांसद ढकालले बाल सुधार गृह सञ्चालन कार्यविधि हालसम्म नभएको हुँदा तत्काल निर्माण र कार्यान्वयन गर्न माग गरे ।

पूर्व विशिष्ट पदाधिकारीहरुलाई सेवा सुविधा थप्दै कुर्सीमा बसिरहेको यो अटेरी सरकारले न कान सुन्छ न आँखा देख्छ भन्दै अन्य सांसदहरुले पनि वर्तमान सरकारको विरोध गरेका छन् ।

त्यसैगरी प्रतिनिधिसभाको बैठकमा अर्की सांसद रोशन कार्कीले पनि सरकारकले बाल सुधारगृह बनाउने खोजेको हो कि बाल बिगार केन्द्र ? भन्दै प्रश्न गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया