१ करोड ६९ लाख कित्ता नयाँ शेयर सुचिकृत (कसको कति ? हेर्नुस)

काठमाडौँ १२ जेठ ।
हिजो मंगलबार एकै दिन एक करोड ६९ लाख कित्ता नयाँ शेयर नेप्सेमा सुचिकृत भएको छ । ४ कमर्सियल बैंक, १ इन्स्योरेन्स कम्पनी र १ माइक्रोफाइनान्स गरी १ करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश शेयर सूचिकृत भएको हो । सूचिकृत हुनेमा एसबीआई बैंक, एनसीसी बैंक सेञ्चुरी बैंक, मेगा बैंक, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक तथा एनएलजी इन्स्योरेन्सको रहेका छन् । एसबीआई बैंकको ८२ लाख ५५ हजार ४ सय ५८ कित्ता, एनसीसी बैंकको ३२ लाख ४५ हजार ७ सय ६० कित्ता, सेञ्चुरी बैंकको १९ लाख ८ हजार कित्ता र मेगा बैंकको २६ लाख ९ हजार ६ सय कित्ता बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १ लाख ४७ हजार २ सय कित्ता र एनएलजी इन्स्योरेन्सको ६ लाख ८३ हजार एक सय कित्ता बोनश शेयर पनि सुचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया