१ लिटर पानीले ५ सय किलोमिटर गुड्ने मोटरसाइकल !

एजेन्सी– 2८ कार्तिक

पेट्रोलियम पदार्थको खानी दिनहुँ रित्तिरहेको वैज्ञानिकहरुको दावीसँगै वैकल्पिक उर्जा र इन्धन खोजी कार्य विश्वभर नै तीव्र बनेको छ । त्यसैले पछिल्ला दिन विश्वप्रख्यात मोटर कम्पनिहरुले आफ्ना उत्पादनलाई इलेक्ट्रिक प्रणलीमा उत्पादन सुरु गरेका छन् ।

यसै समय एउटा खुशीको खबर सार्वजनिक भएको छ । ब्राजिलमा एक मानिसले पानीबाट चल्ने मोटरसाइकलको आविष्कार गरेका छन् । ब्राजिलका सरकारी कर्मचारी समेत रहेका रिकोर्डो अजयवेडोले पानीबाट मोटरसाइकल चल्ने प्रणलीको आविश्कार गरेका हुन् । जसमा १ लिटर पानीले ५०० किलोमिटरको माइलेज दिन्छ ।मोटरसाइकलका लागि कुनै विशेष पानी आवश्यक्ता पर्दैन । सामान्य खोला नालामा पाइने पानीका माध्यमबाट यो मोटरसाइकल गुडाउन सकिन्छ ।

यो मोटरसाइकल केबल पानी र एक कार ब्याट्रीबाट चल्छ । ब्याट्रीबाट बिजुली निस्कन्छ र पानीबाट हाइड्रोजनको मालिक्यूल्सलाई अगल गरिदिन्छ । एक पाइपको मद्धतबाट हाइट्रोजन इन्जिनसम्म जान्छ र त्यहाँबाट मोटरसाइकल चल्ने ऊर्जा प्राप्त हुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया