२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति
जकार्ता, इण्डोनेसिया फागुन २६ । इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको आधिकारिक वितरक पीटी नेटा अटो इन्डोनेसियाले सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । गत फेब्रुअरी १३ देखि २३ सम्म जाकार्ताको जेआई एक्सपो केमायोरानमा आयोजित उक्त शोमा नेटा भी र नेटा एक्सले ३२८ युनिट बुकिङ प्राप्त गरेका छन् ।
पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लानले सो उपलब्धिले इन्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउने र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए ।
उक्त शोमा नेटाले नेटा भी–टु अर्वान स्पोर्ट कन्सेप्ट प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेको थियो । यसका साथै, नेटाले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया समेत गरेको थियो । लान भन्छन्, ‘इन्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’
यस्तै नेपालमा समेत नेटाको १ हजार भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री भइसकेको नेपालका लागि नेटाको आधिकारिक वितरक सीजी मोटर्सले जनाएको छ । नेपालमा यसका लागि २२ सेल्स तथा सर्भिस सेन्टर र २५० भन्दा बढी चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्क रहेको कम्पनीको दावी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया