२०७२ को मदन पुरस्कार रामलाल जोशीको ‘ऐना’ लाई !

काठमाडौं ४ अशोज

रामलाल जोशीको कथा संग्रह ‘ऐना’ले २०७२ को मदन पुरस्कार प्राप्त गर्ने भएको छ ।  मदन पुरस्कार गुठीले २०७२ को मदन पुरस्कार जोशीको कथा संग्रह ऐनालाई दिने निर्णय गरेको हो ।  त्यसैगरी २०७२ को जगदम्बा पुरस्कार लील बहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय भएको छ । गुठीले वर्षका सात श्रेष्ठ पुस्तकहरू अकारादि क्रमानुसार भूवनहरि सिग्देलको ‘आमोई’, रामलाल जोशीको ‘ऐना’, निलम कार्की निहारिकाको ‘चीरहरण’, घनश्याम खड्काको ‘निर्वाण’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, बुद्धिसागरको ‘फिरफिरे’ र दामोदर पुडासैनी ‘किशोर’ को ‘सिमानाका रंग, सिमानाका तरंग’ को सूची प्रकाशन गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया