२०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हु्न नसके संविधान धरापमा : गृहमन्त्री निधि
काठमाडौं ४ मंसिर ।
शनिबार राजधानीमा नेपाल औषधि व्यवसायी संघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको योजना नरहेको बताएका छन् । संविधान संशोधनको मुद्धालाई बिथोल्नका लागि हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागि परेको भनेर भ्रम सिर्जना गर्न खोजिएको उनको आरोप छ ।
मन्त्री निधिले संविधान कार्यान्वयन गर्नका लागि ३ तहको निर्बाचन अनिबार्य रहेको बताए । २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हु्न नसकेमा संविधान नै धरापमा पर्ने भएकाले सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन गर्न लागिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया