२२ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौँ २७ जेष्ठ

बन्दको क्रममा सवारी साधनमा तोडफोड् गर्ने २२ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौको  कोटेश्वर, बालाजु, त्रिपुरेश्वर लगायतका स्थानहरुबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए।
देशभर पक्राउ परेका आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गर्दै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको हो। बन्दकर्ताले बिहानै कोटेश्वरमा रोकिराखेको ट्याक्सीमा आगो लगाएका थिए।
त्यस्तै बालाजुमा एउटा ट्याकसी र त्रिपुरेश्वरमा साझा यातायातमा बन्दकर्ताले ढुङगा प्रहार गरेका छन्। प्रहरीले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाएको दावी गरेको छ। पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।
ललितपुरमा भने बन्दको प्रभाव सामान्य देखिएको छ। ललितपुर प्रहरीले अहिलेसम्म १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ । प्रहरीले बन्दकर्ताबाट केही गुलेली र पर्चासमेत बरामद गरेको जनाएको छ । सुरक्षा व्यवस्था कडा भएकोले ललितपुरमा बन्दको प्रभाव कम परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक ईश्वर कार्कीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया