२४ घण्टामा २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १६ असोज,।

पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएक छन्।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया