२५ रुपैयाँको लगानीबाट करोड पति

धनबहादुर मगर
विजनेस पाटी ÷धनुषा ४ फागुन
काजल मत्स्या प्रजनन् फार्म दुधमती–१ महेन्द्रनगर धनुषाका राम सोभित मुखिया कडा मिहिनेतका कारण कृषिबाट करोडौं पति भएका छन् ।
२०४० सालमा अरुले माछा पालेको देखेर आफूले पनि अर्काको पोखरी भाडामा लिएर २५ रुपैयाँको माछाको भूरा जनकपुरबाट किनी माछापालन गरेको मुखियाले बताए । २५ रुपैयाँबाट माछा पालन गरी सफल व्यवसायी भएका उनले कृषिबाटै कमाई गरेर करौडांै पति बनेका हुन् । महोत्तरी जिल्लामा पुख्र्याैली घर भएका मुखियाको १ वटा पोखरीबाट शुरु गरेको माछापालन फापेको छ । उनले भने ‘हाम्रो परिवार गरिब थियो ।’ मैले माछा पालन गर्दा मेरो बुबाको जमिन ५ धुर मात्र थियो ।’ अहिले १२ विगाह जमिन आफै जोडेको छु । ७० विगाह जमिन भाडामा लिई धनुषाको जिल्लाको महेन्द्रनगर, औराही लगायत ठाउँमा माछा पालन गरेको छु ।
२५ रुपैयाँको माछाको भूरा ६ महिना पछि २४०० रुपैयाँ भयो । अहिले त मेरो घरमा सफारी गाडी छ, १२ विगाह जमिन आफै जोडेको छु । छोराछोरी काठमाडौंको रामै्र स्कुल र कलेजमा पढिरहेका छ ।
कृषि विकासमा बैंकबाट ५ प्रतिशत व्याजमा २ करोड रुपैयाँ ऋण लिएको छु । माछा पोखरीको लागि वार्षिक प्रति विगाह ७५ हजार तिरेर १० वर्षका लागि माछा पालन गर्ने सम्झौता गरेको छु ।‘ यति धेरै ऋण तिर्नु सक्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने तिरिहाल्छु हजुर भने ।’
मुखियाले भने मैले १५ वर्षको उमेरमा यो व्यवसाय थालेको हुनु पर्छ । अरुले माछाखेती गरेको देखेपछि मैले पनि जनकपुर गई माछाको भूरा ल्याउन नाम लेखाएँ । मेरो माछाको बजार स्थानीय र कामाडौं हो । जिउँदो माछा काठमाडौंमा पनि जान्छ ।
दैनिक ५०० के.जी माछा २०० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । बजारको अभाव छ कि छैन भन्ने प्रश्नमा बजारको समस्या नभएको बताए । माछा निकाल्ने मलाहको लागि १० प्रतिशत दिन्छौं । १ लाख रुपैयाँ बराबरको १० हजार दिनुपर्छ । मुखियाले भने ।
१५ जना कामदार तथा कर्मचारीहरु छन । मुखियको काजल फार्मले कति कारोवार हुन्छ भन्ने अझै पनि थाहा नभएको बताए पनि दुइतीन करोडको दानामा मात्रै खर्च हुन्छ उनले भने । मुखियको फार्मबाट वर्षमा करोडौं रुपैया बराबरको कारोवार हुने गरेको देखिन्छ ।
मुखियाले भारतमा माछा र दानाको लागि अरवौं नेपालबाट बाहिरिएको बताउँदै दुखेसो पोग्दै भने आफ्नै देशमा गुणस्तरीय दाना र राम्रो बजारको व्यवस्थापन हुन सके नेपाली किसानहरुका लागि फाइदा मात्र नभई देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
कृषि सुचना तथा प्रशिक्षण केन्द्रद्धारा आयोजित अवलोकन भ्रमणको तेस्रो दिन २४ फागुन २०७५ धनुषा जिल्लामा आयोजना प्रमुख तथा पत्रकारहरुको सम्पन्न अवलोकन भ्रमण कायक्रमको संयोजन उपसचिव डा.राजु घिमिरे र सह–संयोजन डा.लटनारायण शाहले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया