२८ गतेबाट सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्न सकिने
बिजनेसपाटी १८ बैशाख ।
बैशाख २८ गतेदेखि सिदार्थ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । दोस्रो बजारबाट बैशाख १७ गतेसम्म कम्पनीले शेयर खरीद गर्ने र साबिक शेयरधनीलाई ५ शेयर बराबर २.१ को अनुपातमा शेयर निस्कासन गर्न लागेको हो।
एक सय रुपैयाँ अंकित दरका ८ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद कम्पनीले निस्कासन गर्ने भएको हो। आउँदो जेठ ३१ गतेसम्म लक्ष्मी क्यापिटल मार्फत हकप्रदमा आबेदन दिन सकिने जनाइएको छ । पुस मसान्तसम्म चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीले यस आवधिमा ८ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया