२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा

काठमाडौँ २२ फागुन

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए। ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैंया विनियोजन गरेको थियो। आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ। तर आठ महिना अघि बिनियोजित रकम खर्च गर्नु त टाढाको कुरा, कुन–कुन विद्यालय बनाउने भन्ने योजना समेत बनेको छैन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। बिनियोजित बजेट शिक्षा मन्त्रालयको खातामै थन्किएको छ। बेलैमा बिद्यालय नबन्दा बालबालिका छाप्रोमा पढ्न बाध्य छन्। उक्त रकमबाट एउटा विद्यालयलाई असी लाख रुपैंयाको दरले खर्च गर्दा पनि २ सय ५० वटा पक्की विद्यालय भवन बन्न सक्छ। सरदर ६५ लाखका दरले खर्च गर्दा २ सय ७ वटा विद्यालयका कक्षकोठा बनाउन सकिन्छ। शिक्षा सचिब शान्तबहादुर श्रेष्ठले विनियोजित बजेटबाट कुन कुन विद्यालय बनाउने के–कस्ता सर्त राख्ने छलफल भइरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया