नेप्सेमा १७ लाख कित्ता शेयर सूचीकरण

काठमाडौँ ४ फागुन

नेपाल स्टक एक्सचेञ्जमा यस हप्ता ६ कम्पनीको दुई करोड १७ लाख ७६ हजार २७६ दशमलव ६६ कित्ता शेयर कारोबारका लागि सूचीकृत भएका छन् । चार कम्पनीको ८३ लाख ६४ हजार ९९५ दशमलव ६६ कित्ता बोनस, एक कम्पनीको ७९ लाख ११ हजार २११ कित्ता हकप्रद र ५५ लाख कित्ता प्राथामिक निष्काशन सहितको सूचीकरण रहेको छ । यस साता सूचीकरण भएको शेयरमध्ये नेपाल क्रेडिट एण्ड कर्मस बैंकको ७९ लाख ११ हजार २११ कित्ता हकप्रद शेयर रहेको छ । बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्दा अवितरित भई बोलकबोल गरि बिक्री गरेको शेयर सूचीकरण गराएको हो । त्यसैगरि घलेम्दी हाइड्रो लिमिटेडको स्थानीय र सर्वसाधारणलाई बिक्री गरिएको १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता सूचीकरण भएको छ । कम्पनीले शेयर पुस १९ देखि २३ गतेसम्म निष्काशन गरि माघ १ गते बाँडफाँड गरेको थियो ।
मुक्तिनाथ विकास बैंक, वेष्टर्न डेभलपमेण्ट बैंक, निर्धन उत्थान लघुवित्त र जानकी फाइनान्सले बोनस शेयर सुचीकृत गराएका छन् । मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ दशमलव ०६ कित्ता, निर्धन उत्थानको २० लाख कित्ता र जानकी फाइनान्सको ८ लाख ८७ हवजार ४६६ कित्ता र वेष्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ दशमलव ०६ कित्ता बोनस शेयर रहेको छ । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १८.२५ प्रतिशत बोनस कारोबारका लागि सूचीकृत भएको हो । गत मंसिर २९ गते सम्पन्न भयो ।
निर्धन उत्थान लघुवित्तको २० प्रतिशत बोनस पनि कारोबारका लागि सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चुक्ता पूँजी एक अर्बको २० प्रतिशत बोनस गत मंसिर २५ गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको थियो । वेष्टर्न डेभलपमेण्ट बैंकले आर्थिक वर्ष २०७३÷७४ सम्म कायम चुक्ता पूँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँको १७.४१३ प्रतिशत बोनस सूचीकरण गराएको हो । गत असार १३ गते सम्पन्न बैंकको बाह्रो वार्षिक साधारण सभाबाट सो बोनस पारित भएको थियो । जानकी फाइनान्सले पनि आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चुक्ता पूँजीको २२ प्रतिशत बोनस गत असोज २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया