३६ नक्कली डाक्टरविरुद्ध मुद्दा दायर

काठमाडौं–१८ नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ ।

नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ ।
पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ । यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द भइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया