३ हप्तामा १० हजार बढी डेंगी संक्रमित थपिए, १० जिल्ला ‘रेड जोन’मा

काठमाडौं ०७ भदौ २०८० ।
गत ३ हप्ताबीच देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन् । नेपालमा योसँगै यो वर्ष सन् २०२३मा डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ । १५० भन्दा बढी डेंगी संक्रमित भएसँगै १० जिल्लालाई ईडीसीडीले ‘रेड जोन’मा राखेको छ । ती मध्ये सबैभन्दा धेरै सुनसरीमा नौ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङमा एक हजार ९४९, धादिङमा एक हजार ९४१, झापामा ९५४, काठमाडौंमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी पुष्टि भएको महाशाखाले जनाएको छ । जुलाईयता डेंगीका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया