४ बर्ष अघि नेपाल आएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर
बिजनेसपाटी २४ श्रावण
नुवाकोटमा आज दुर्घटनाग्रस्त फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत नर्स इटहरीकी निशा तामाङ्ग र उहिया गाविस खोर्ला गाउँकी लक्ष्मी गुरुङ्ग रहेको गोरखा प्रहरीले जनाएको छ।
प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो । हेलिकप्टर अनुभवी पाइलट रंजन लिम्बुले उडाएका थिए । सोमबार दुर्घटना ग्रस्त हेलिकप्टर फिस्टेलले ४ बर्ष ४ महिना अघि काठमाडौँ ल्याएको थियो । इटाली बनेको यो हेलिकप्टर सिंगापुर हुदै १७ मार्च २०१२ अर्थात् २०६८ चैत ४ गते शनिवारको दिनमा काठमाडौँ आईपुगेको थियो । हेलिकप्टर क्याप्टेनहरु आशिष शेरचन् र योगेन्द्र मुखियाको टोलीले ल्याएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया