४ लाख चिनियाँमाथि कारवाही !

बेइजिङ २१ पौष

अनुशासनबिहीन तथा पार्टीको आचारसंहिता अनुसार काम नगरी अनियमितामा संलग्न भएका चार लाख १५ हजार चिनियाँमाथि कावाही चलाइएको छ । ती चिनियाँविरुद्ध  अनुशासनको कारवाही चलाइएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले बिहीबार जनाएको छ ।

यसरी कारवाहीमा पर्नेमा विभिन्न तहमा कार्यरत चिनियाँ कर्मचारी र ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारी समेत रहेका छन् । दुई लाख ५६ हजार ग्रामिण तथा विभिन्न सङ्घसंस्थासँग आवद्धता रहेका पदाधिकारी तथा सदस्य पनि कारवाहीमा परेका पार्टीको केन्द्रीय अनुशासन छानविन आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको गुनासो राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट आएपछि यो कारवाही गरिएको हो । पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि र अनुशासन उल्लङ्घनका गतिविधिविरुद्ध अभियानकै रुपमा छानविन सुरु गरेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया