५० लाख डलरमा अब अमेरिकी नागरिकता

काठमाडौं १४ फागुन, २०८१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्ड कार्ड भिसा कार्यक्रम ल्याएका छन् । एक पछि अर्को योजना बनाउँदै गरेका राष्ट्रपछि ट्रम्पले अब ५० लाख डलरमा अमेरिकी नागरिकता लिन सकिने कार्यक्रम सुरु गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसलाई अमेरिकी नागरिकता पाउने सजिलो बाटो हुने बताएका छन् ।

उनी राष्ट्रपति भएसँगै अब के कस्ता नीति नियम लगाउने हुन् भन्ने सबैको चासोको विषय बनिरहेको अवस्थामा राष्ट्रपतिले ट्रम्प गोल्ड कार्डु लाई इबी–५ भिसा कार्यक्रमको विकल्पको रूपमा हुने बताए । यसले भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने प्रवल सम्भावना रहेको समेत उनले बताए। उनको यस किसिमको पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

इबी–५ भिसा कार्यक्रम छ १९९० देखि लागू भएको हो।

अब भने अमेरिकामा नागरिकता प्राप्त गर्न ५० लाख अमेरिकी डलर तिर्न सकिने अर्को कार्यक्रम ल्याएका हुन् । उनको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया