५० हजार घुससहित बैंकका कर्मचारी कर्याप्प !

काठमाडौँ ११ बैशाख

सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीश प्रसाद काफ्ले पक्राउ परेका छन् । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले काफ्लेलाई ५० हजार रुपैयाँ सहित रङ्गेहात पक्राउ गरेकाे हाे ।

युवा स्वरोजगार कार्यक्रममार्फत बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई  सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराए बापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

१० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया