६ लेन सडक निर्माणमा चरम लापरबाही

धनगढी–१९ जेष्ठ

मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ । ठेक्का सम्झौताअनुसार निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडक लामो समयसम्म निर्माणाधीन अवस्थामा हुँदा आवतजावत गर्नेलाई सास्ती भएको छ ।

सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टका कारण दुर्घटना हुने दर बढेको छ । सडक धुलाम्य हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । धुलोले व्यवसायी, स्थानीय तथा यात्रु विभिन्न रोगको संक्रमणमा समेत पर्ने गरेका छन्।

‘आयोजना र ठेकेदारको चरम लापरबाहीका कारण निर्माणको काम समयमा सम्पन्न नहुँदा हामी सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेको छ,’ धनगढी वोराडाँडीका हेमराज पाण्डेले भने । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया