७ रुपैयाँको निर्यात ९३ रुपैयाँको आयात, कसरी बन्ला नेपाल सम्बृद्ध ?

काठमाडौं ७ चैत्र

वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ। नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात-निर्यात अनुपात फराकिलो बन्दै गएको हो। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेर ४७ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ।

यसरी आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा मुलुककाे व्यापारघाटा चुलिँदो अवस्थामा रहेको तथ्यांकले देखाएको छ। स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, आयात प्रतिस्थापन गर्न सरकारसँग कुनै ठोस योजना नहुनु र भएको योजनाको पनि कार्यान्वयनमा समस्यालगायतका कारणले आयात दिनप्रतिदिन बढ्दै गएको छ। कारोबारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया