८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने

काठमाडौं – ३ असारएसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।

एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् ।एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए । परीक्षा दिएकामध्ये ८२.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन् ।

एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो पटक हो । अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा अन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया