८ अर्ब पुर्याउन मेगा बैंकले भित्र्यायो टुरिज्जम डेभलपमेन्ट बैंक

काठमाडौं ७ माघ

मेगा बैंक लिमिटेड र टुरिज्जम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन्  । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिज्जम डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्राडा पुष्पराज कँडेलले मर्ज गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि  बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड हुने भएको छ । सहमति अनुसार शेयर स्वाप रेसियो १००: ९५ तय गरिएको छ  ।  मर्जर भएपछि मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै निरन्तरता पाउने समेत सहमति भएको छ।

हालको मेगा बैंकको चुक्ता पुँजी  ४ अर्ब १ करोड रुपैँयाँ, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको छ ।   टुरिज्जम  डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी  ९१ करोड ९७ लाख रुपैँयाँ, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया