८ दशमलव ३२ अंकले बढ्यो नेप्से

बिजनेसपाटी २६ बैशाख ।
सोमबार सेयर परिसुचक नेप्से ८ दशमलव ३२ अंकले उकालो लागेर बजार १६ सय ३७ दशमलव ३० अंकमा बन्द भएको छ । सोमबार होटल समुहको परिसुचक सवैभन्दा बढी ६१ दशमलव ३२ अंकले बढेको छ भने बीमा समुह ३८ दशमलव १७, जलविद्युत १२, विकास बैंक ११ दशमलव ७ बैंकिङ समुह ७ दशमलव ७१ अंकले बढेको छ । त्यसैगरी फाइनान्स समुहको परिसुचक ५ दशमलव ३९ अंकले बृद्धि भएको छ भने अन्य समुहको परिसुचक भने ० दशमलव ८७ अंकले ओरालो लागेको छ । सोमबार नेपाल एसविआई बैंक बैंक लिमिटेडको सवैभन्दा बढी ८ करोड ४४ लाख बराबरको कारोबार भएको छ । सो दिन १ सय ४२ कम्पनीको ९ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट ५७ करोड २५ लाखको कारोवार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया