८ देखि १० अर्व राजश्व तिर्छौं : मणीक रत्न शाक्य, अध्यक्ष नेपाल सुनचाँदी व्यवसायी संघ

ग्रामीण लघु वित्त विकास बैंक, गर्जाङ्ग उपत्यका हाइड्रो पावर लिमिटेड, नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा पिपुल्स् इन्भेष्टमेन्ट लिका कार्यकारी निर्देशक मणीक रत्न शाक्यज्यूसँग सुनचाँदीेको व्यवसायिक प्रगति, उन्नति र त्यस क्षेत्रले भोगिरहेको वाधा व्यवधान, आरोह अवरोह, विगत, वर्तमान र भविष्य कस्तो थियो के भइरहेको छ अब के गर्दै हुनुहुन्छ भन्ने विषयमा केन्द्रीत रहेर विजनेपाटी अनलाइन टिभीमा प्रशारित अंशलाई डेस्क सम्पादक धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत अंश :

यहाँ वहु आयामिक उद्यमी हुनुहुन्छ । सुनचादी व्यवसायमा विगत लामो समयदेखि यस महत्वपूर्ण योगदान दिँदै आउनु भएको छ । विगतमा सुनचाँदी व्यवसायको अवस्था कस्तो थियो ?
नेपालमा सुनचाँदी क्षेत्रको कुरा गर्नु पर्दा धेरै लामो इतिहास छ । मल्ल काल, लिच्छवी काल त्यो भन्दा अगाडि पौराणकि कालखण्डहरू देखिनै विभिन्न खालको सुनचाँदीका गरगहनाहरू लगाउने गरेको देवी देवताहरूको मन्दिरमा हेर्दा पनि थाहा हुन्छ । त्यो प्रचलनको निरन्तरताको रुपनै अहिलेकोसम्मको अवस्थामा आउँदा सम्म कायमै रहेको छ । एउटा घरपरिवार विशेषले सञ्चालन गरिरहेको व्यवसाय अहिले नेपालको प्रतिष्ठित व्यवसाय बनेको छ । आधुनिक सोरुमहरूमा आधुनिक व्यवसायको रुपमा विकास हुँदै गएको छ ।
यो सुनचाँदी क्षेत्र अनुत्पादक भनेर वहसको विषय बन्दै आएको छ । यस विषयलाई यहाँले कसरी परिभाषित गर्नु भएको छ,?
अर्थतन्त्रको सामान्य सिद्धान्तमा सामान्यतया अनुत्पादक क्षेत्र भन्दै आएको छ । यो नयाँ विषय चाहीँ होइन । हेर्दा त्यो स्वभाविक पनि हो । तर यो व्यवहारिक रुपमा होइन । नेपालको अर्थतन्त्रमा नेपालको रोजगारी र राजश्वको क्षेत्रमा पु¥याएको योगदानलाई हेर्दा अनुत्पादक क्षेत्र भनेर भन्न मिल्दैन । किनभने अहिले नेपालमा करिव करिब ५ लाख मानिसहरूले यस क्षेत्रमा योगदान दिइरहेका छन् । एक जनामा ४ जना बराबर र १५ देखि २० लाख मानिसहरू यस व्यवसायमा आश्रित रहेको पाउन सक्छौं । यस व्यवसायले वार्षिक रुपमा ८ देखि १० अर्वको राजश्व नेपाल सरकारलाई तिरेको छ ।
यसको माग नेपालको अर्थ बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको गरगहनाहरूको माग बढीरहेको छ । सुनका गरगहना निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बढ्दै गएको छ । यस व्यवसायलाई हामीमा मात्र सीमित नराखी छिमेकी मुलुक भारत र चीन लगायत देशहरूमा निकासी गरी ठूलो राजश्व भित्र्याउन सक्ने सम्भावना रहेको छ । राजश्वको कुल ५ प्रतिशत हिस्सा निर्यातबाट ल्याउन सकिन्छ ।

सुन् २०१० अर्थात १० वर्ष अगाडि नेपालमा धेरै सुन भित्रियो । सरकार समेत यसरी तर्सियो कि शोधान्तरण घाटा हुन्छ भनेर सुनचाँदी व्यवसायलाई कडाई गरेको कुरा यहाँलाई थाहा छ । त्यो एउटा पाटो थियो भने अर्कोे पाटो नेपालको वाणिज्य बैंकहरूले आफैसँग मौज्दात रहेको सुन, सुनचाँदी व्यवसायीहरूले किनेन भनेर सरकारलाई समेत गुहार्नु प¥यो । त्यस्तो अवस्थामा व्यवसायीहरूले वाणिज्य बैंक र सरकारसँग कस्तो प्रकारको सम्वाद गर्नु भयो ?
तपाईले भन्नु भएको कुरा सही हो । आर्थिक वर्ष २०६६÷०६७ मा लगभग ४० अर्वको हाराहारीमा शोधानन्तरण घाटा नेपाललाई भएको थियो । त्यही वर्षमा सुनचाँदीको आयत् पनि ४२ अर्वको भएको थियो । यता सरकारको व्यापार घाटा र सुनचाँदीको आयत् उत्तिकै भएको र उस्टै–उस्तै भएको हुँदा सुनचाँदी मात्रै धेरै आयत भएको थिएन । गाडी खरिद, खाद्य आपूर्तिको बढेको थियो । सबै कुरा बाहिरबाट आयत् गरेर उपभोग गर्नुपर्दा व्यापार घाटा बढी देखिएको थियो । अर्थमन्त्रालयमा कुरा गर्दा केही समयमा दिनको १० किलो ग्राम मात्र आयत् गर्न दिनु पर्छ भनेर ६ महिनाको लागि कोटा प्रणाली तया गरेको थियो ।


हामीले पनि नेपालको अर्थतन्त्र ओ¥हालो झरिरहेको अवस्थामा नियत्रणात्मक व्यवस्था लागु गर्दा राम्रै हुन्छ भने ठीकै छ भनेको थियौं । लगभग २० अर्वको सुनचाँदी आयत् गर्न दिने भन्ने थियो । त्यसो गर्दा सुनचाँदीको बजारमा ठूलो समस्या आयो । बजारमा सुनका जुन किसिमको माग थियो नेपाल सरकारको कडाईको कारण आपूर्ति हुन सकेन । आपूर्ति हुन नसक्दा नेपालको विभिन्न बाटोबाट नेपाली बजारमा सुन भित्रियो । त्यस्तो अवस्था सिर्जना भएपछि खुल्ला अर्थनीति अनुसार सुनमा लगाइएको कोटा प्रणाली हटाउनु पर्छ भनेर भन्दै आएको छौं । अहिलेसम्म पनि कोटा प्रणाली हटेको छैन । यही आवको मंसीर मसान्तसम्मको लागि २५ किलोग्राम सुन ल्याउन मिल्ने कोटा प्रणाली कायमै थियो । माघ महिनामा आउने लगनका लागि समस्या पर्ने अवस्था देखिएको छ । व्यापारमा जुन कच्चा पदार्थको आवश्यकता छ । त्यो कच्चा पदार्थमा सरकारको कडाईले सुनको बजार प्रभावित भईरहेको छ । त्यसले गर्दा विभिन्न तस्करीका घटनाहरू भएको हामीले सुनेका छौं । जसले गर्दा तस्करीसँग सम्बन्धित मानिसहरूले खेल्ने ठाउँ पाएका छन् ।
यहाँहरूको व्यवसायले यत्तिका धेरैलाई रोजगार दिएका छन् । यत्तिका धेरै कारोवार पनि गरि रहनु भएको छ । मलाई के लाग्छ भने प्राकृतिक स्रोत साधानहरूले भरिएको देश हो । कहिलेकाँही हाम्रा नदिनालाका छेउछाउको बालुवाबाट सुन छानेर निकालिएको हामीले देख्न सक्छौ । सँधै आयत् मात्र गरेर देशलाई पुग्दैन । देशमै सुन उत्खनन् गरी देशको अर्थतन्त्रमा योगदान दिन अग्रसर हुनुहुन्छ ?
नेपालको विभिन्न क्षेत्रमा सुनखानी छ भनेर पत्ता लागि सकेको छ । बीसभन्दा बढी कम्पनीहरूले सुन प्रशोधन गर्ने भनेर अनुमति पत्र समेत लिइसकेको अवस्था छ । उहाँहरूले संसारमा नयाँ–नयाँ प्रविधिहरू आएका छन् । दक्षिण अफ्रिकामा धेरै पहिलेदेखिनै सुन उत्खनन् गरिएको पाउँछौं । अष्टेलिया, अमेरिका सुन उत्खनन् गरिन्छ र चीनमा गत आवमा मा २ सय टन भन्दा बढी सुन उत्खनन् गरेको पाउँछौं । नेपालमै निकाल्ने सकिने सोँच नआएको होइन । तपाइले भने जस्तो यहीका प्राकृतिक स्रोत साधानबाट कमाउन सक्ने सम्भावना प्रवल छ । विदेशबाट आयत् गर्ने मात्र नभई देशमा उत्पादन गर्न सकिने हो भने आयत््को पनि समस्या हुँदैन । सुन उपलब्ध गर्न सकेको छैन । अहिले बजारमा आएको सुनको मूल्य छ । यदि उत्खनन् गरेर निकाल्यो भने त्यसको मूल्य आयत् गरिने सुनको मूल्य भन्दा बढी पर्न जान्छ । त्यसबाट हामीले अहिलेलाई राम्रो प्रतिफल पाउने सम्भावना कम देखिएको छ ।

यहाँहरूले कुन कुन देशबाट सुन आयत् गर्नुहुन्छ ?
सबैभन्दा बढी सुन आयत दुबैबाट हुन्छ । विभिन्न देशबाट आउने नेपाली दाजभाईहरूबाट पनि सानो सानो अंशमा सुन भित्रिन्छ । त्यसलाई पनि हामीले स्रोतको रुपमा लिएका छौं । भने बैंकहरूमा मौज्दात रहेको सुन सुनलाई हामीले व्यवसायिक प्रयोजनको रुपमा लिएका छौं ।
व्यवसायीहरूले प्रतितोला सुनमा ३ देखि ४ हजार बढी ग्राहकहरूसँग असुल्दा धेरै महँगो प¥यो भन्ने गुनासोहरू सुन्ने गरेका छन् के साँचो हो ?
तीनचार हजार बढी परेको भन्ने विषय चाहीँ के हो भने सुनको एकदम अभाव भएको बेला एक ठाउँबाट अर्को ठाउँमा ल्याउँदा लाँदा लागेको हुनसक्छ । तर सुनको मूल्य सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरिन्छ । हरेक दिन आजको सुनको मूल्य यती छ भनेर बुलेटिन प्रकाशन हुन्छ । सुनको कारोवार गर्दागर्दै सुनको एकदमै अभाव हुँदा लगन, कहिले कारोवार हुने भन्दाबढी माग आउँदा सेकेण्डरी मार्केटबाट किनेर ल्याउँदा महँगो पर्न गएको हुनसक्छ । तर त्यो कुनै–कुनै व्यवसायीहरूले मागेका होलान् । आजसम्म हाम्रा सुनचाँदी व्यवसायी महासंघका साथिहरूले बढी मूल्य लिएको जानकारीमा आएका छैनन् । त्यसो भएको छ भने महासंघमा आएर भन्न सकिन्छ । हामी त्यसप्रकारको समस्या समाधान गर्न तयार छौं ।
नेपालमा २०६२÷०६३ को जनआन्दोलन पछि विभिन्न संघ–संस्थाहरू खुलेका छन् । अहिले पेशागत हकहितको लागि सुनचाँदी व्यवसायी महासंघ बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तर्फबाट भन्नु पर्दा नेपालको वित्तिय संघ–संस्थाहरू, अन्तर्राष्ट्रिय सुनचाँदी व्यवसायीहरूसँग सम्बन्धित आ–आफ्नै नीति नियमहरू बनेका छन् । तपाईहरूको चाहीँ कानून बनेका छन् कि छैनन् ?
सुन चादी व्यवसायी महासंघको कुरा गर्दा पहिले सुनचाँडी व्यवसायी संघको कुरा आउँछ । २०४४ सालमा हामीले सुनचाँदी व्यवसायीहरू एकतावद्ध भई उपभोक्ताहरू माझ मर्यादित व्यवसाय हो भनेर विश्वासनीयता दिलाउन नेपाल सुनचाँदी व्यवसायी संघ गठन भएको थियो । त्यसपछि विभिन्न जिल्लाहरूमा क्रमश शाखाहरू विस्तार भयो । २०६९ सालमा नेपाल सुनचाँदी व्यवसायी महासंघ गठन भयो । हो अहिले महासंघ अन्तर्गत ६९ वटा जिल्लाहरू शाखाहरू जिल्ला संगठनको रुपमा विस्तार भएको छ ।
सरकारसँग हाम्रो गुनासो यो छ कि अब हाम्रो लागि ऐन नियमको बनाउनु प¥यो । त्यसको अभावमा हामीले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न अप्ठेरो भइरहेको छ । भनिरहेका छौं । सम्पूर्ण उद्योग व्यवसायहरूको आ–आफ्नो ऐन कानूनहरू छन् । विडम्वना नेपालमा ठूलो सुनचाँदी व्यवसाय र बजार छ यसले वर्षको ५० अर्वको कारोवार गर्छ । ५ लाखले प्रत्यक्ष रुपमा रोजगार पाईरहेको छ । २० लाखको जनसंख्या यसप्रति आश्रित छन् । देशमा ठूलो मौलिक रुपमा परिचय दिनसक्ने परिचय दिनु व्यवसाय बनेको छ ।
नीतिगत रुपमा सरकारले मुलुकी ऐन परिवर्तन गरि (देवानी संहिता) २०७५ लागु गरेको छ । सुनचाँदी व्यवसायलाई गाइडलाइन दिने नीति नियमहरू बनाई यसरी कारोवार गर्नु पर्छ भनेर त्यसमा स्पष्ट छैन । यसको अभावमा महासंघले व्यवसायीहरूका लागि कोड अफ कन्डक्ट (नियमावली) बनाएर व्यवसाय सञ्चालन गरेको अवस्थामा छ । देशमा राजनीतिक परिवर्तन भएको छ । राज्यको प्रादेशिक संरचना परिवर्तन भएको छ । देशलाई व्यवस्थित गर्ने ऐन कानूनहरू बनाउने क्रम शुरु भएको छ । अब सुनचाँदी सम्बन्धित नीति नियमहरू बनाउनु पर्छ । यस व्यवसायलाई मर्यादित व्यवसायी बनाउनु पर्छ भनेर सम्बन्धित निकायमा जोड दिँदै आएका छौ ।
देवानी संहिता २०७५ लागु भएपछि व्यक्तिगत सम्पत्तिको रुपमा छोएको छ । विगतको मुलुकी ऐनमा सुनचाँदी के हो भन्ने कुरा अटिएको थिएन । सुनचाँदी के हुन् भन्ने कुरा कानूनले चिन्दै चिनेनन् । फौजदारी र देवानी संहिता लागु भएको बेला सुनचाँदीलाई व्यक्तिगत सम्पत्तीको रुपमा राखेको छ । सुनलाई नगद सरह व्यक्तिगत सम्पत्तीको रुपमा, त्यो दाइजोको रुपमा, मौलिक, ऐतिहासिक रुपमा सुनचाँदीलाई परिभाषित गर्दै आएको छ । तर त्यति मात्र प्रयाप्त हुँदैन किनकी यस व्यवसायको विस्तार भइरहेको अवस्थामा मर्यादित बनाउन कानूनको आवश्यता पर्दछ । यस क्षेत्रको पनि ओभराल कारोवार कसरी गर्ने भन्ने नीति नियम र कानून बन्नु पर्छ ।
२०६७ सालमा न आपूर्ति मन्त्रालय, नापतौल तथा गुणस्तर विभागसँग मिलेर सुनचाँदी कारोवार गर्ने निर्देशिका बन्यो । तर कानूनको अभावमा समस्याहरू दिनप्रतिदिन आइरहेको छ । काठमाडौंबाट पोखरा लिएर गएको गरगहना बाटोमै प्रहरीले समाउने । ओसार प्रसार पनि गर्न नपाउने । आफ्नै व्यक्तिगत सम्पत्तीलाई अवैध वस्तु लिएर आएका जस्तो गर्ने । जस्ता समस्या भोगिरहेको छौं । नेपालभरी कहीँ पनि आउन जान पाउनु पर्ने हक नागरिकलाई छ । तर संविधानले दिएको मौलिक हक अधिकार हनन् भएको छ । राज्यले सुन व्यवसायीलाई हेर्ने दृष्टिकोण आउनु पर्छ भनेर हामीले जोड दिँदै आएका छौं । ऐन कानून हाम्रो लागि मात्र होइन सरकारको लागि पनि हो ।
देशको कुल ग्राहस्थ योगदान सुनचाँदीबाट कति छ ?
७ प्रतिशतको हाराहारीमा छ । अहिलेको अवस्थामा हेर्दा त्यसलाई कम भन्न मिल्दैन । यो व्यवसायलाई सुरक्षित व्यवसायिक वातावरण बनाउँदै जाने हो । नेपालको युवा जनशक्ति विदेशमा काम गर्न गईरहेको छ । सुनचाँदीको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति विदेशबाट मगाउनु परिरहेको छ । हाम्रै देशमा तालिमहरू किन नगर्न ? दक्ष जनशक्ति नेपालमै उत्पादन गर्ने हो । यसरी व्यवस्थापन गर्न सके नेपालको कूल ग्राहस्थ उत्पादन १० देखि १५ प्रतिशत बढ्ने छ । व्यापार घाटा विदेशमा नेपालको गरगहना निर्यात गरी कम गर्न सकिन्छ ।
केही अप्सन क्षेत्र । पृथक तर, यही क्षेत्रमा धेरै मानिसहरूलाई के लाग्छन् भने सुन् सन् सुन् भनेर जे गर्दा पनि सुन्कै कुरा उठ्छ । हिरामोतीको कुरा आउँदैन । सुनको मात्रै कुरा किन बढी आउँछ ? यहाँ सुनचाँडी क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्ति भएको हुनाले यस विषयमा भिन्नता चाँही के हुन सक्छ ?
मलाई के अनुभव छ भने सुन भनेको परापूर्व कालदेखि जब मानिसको सभ्यताको शुरुवातसँगै सुनलाई चिनेर आफ्नो सम्पत्तीको रुपमा संरक्षण गर्दै आएको हो भन्ने लाग्छ । कसरी त्यसलाई चिनियो भन्ने विषयमा कुरा गर्नु पर्दा अरु धातुभन्दा सुन भन्ने धातुको गुण फरक छ । पृथ्वीमा जति पनि सुनहरू छन् त्यसलाई हजार पटक औल्टाई पोल्टाई गरेपनि त्यसको परिणाम घट्दैन, नासिदैन । आगोले पनि नखाने, पानीले पनि नगल्ने, खिया पनि नलाग्ने र कुहिएर पनि नजाने अन पेरिस्वल धातु पहेँलो रंग नरमपना छ । यो वहुमूल्य धातु भएको कारण यसको मूल्य कहिले पनि कम हुँदैन । त्यसकारण यसको संरक्षण गर्नु पर्छ भन्ने कुरा आज मात्र होइन पौराणिक कालदेखिनै हुँदै आएको पाइन्छ । सीताले रावणद्धारा अपहरण हुँदा पुष्प विमानबाट आफूले लगाईएको सुनको औंठी, माला, चुरा खसाउनु भएको वर्णन पाउन सक्छौं । महाभारत कालको कुरा हे¥यौं भने सतीयुगको र द्धापर युगको कुरा ग¥यौे भने राजमुकुट जस्ता अमूल्य धातु जडिट आभूषणहरूको वर्णन पाउँछौं । यसको आकर्षण पौराणिक काल देखिनै रहेछ भन्ने प्रमाण पनि हो त्यो । यसका साथ–साथ तपाईले भनेको जस्तै हिरा, मोती, मुगा, मणी विभिन्न अरु खनिज पदार्थहरू पनि छन् । त्यसको पनि वर्णन कम आउँछ । सुन अन्तर्राष्ट्रियस्तरमा पारदर्शी छ । जसको दर हामीले व्यवसायिक रुपमै पाउन सक्छौं । तर १ क्यारेट हिराको मूल्य कसरी थाहा पाउने ? सर्वसाधारणले थाहा पाउँदैनन् । सुनको आकर्षण चाउ–चाउको विज्ञापन देखि पत्रपत्रिको ग्राहकबन्दा सम्मको छ । सुनको बढी हाइलाइट भएको मात्र हो । मूल्य भन्नु पर्दा हिराको त कति हो, कति । तपाईले हिरा लगाउनु भएको छ कि के लगाउनु भएको छ थाहा पनि पाउँदैन । सुनचाँदी लगाएको रहेछ भनेर टाढैबाट थाहा पाउन सक्छौं ।
सुनको बजार मूल्य एकैचोटी तल झर्छ र एकै चोटी माथि चढ्छ यस्तो हुनुको कारण चाँही के हो ?
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न कारण असर परिरहेको हुन्छ । नेपालको बजार चाँही धेरै सानो छ । नेपालले अन्तर्राष्ट्रिय बजारलाई धेरै प्रभाव पार्छ जस्तो लाग्दैन । जस्तै भारत र चीन हाम्रो छिमेकी देश हो । ति देशहरूसँग हाम्रो सम्बन्ध नजिक छ र साँस्कृतिक रुपमा पनि मिल्छ । हामै्र देशमा विहे व्रतवन्ध जस्ता लगन हँुदा भारतमा पनि हुन्छ । एशिया स्तरमा जब माग बढ्छ र मूल्यामा पनि प्रभाव पार्छ । नेपालको सन्दर्भमा डलरको मूल्य १०३ बाट ११८ सम्म पुग्दा १ औंस सुन किन्न १२ सय डलर पथ्र्यो अहिले भने १८ पुग्दा कति बढेर आउँछ । त्यस हिसाबले स्वभाविक रुपमा मूल्य बढ्छ । जब डलरको दरमा प्रभाव पार्छ विनिमयमा पनि फरक पर्नासाथ मूल्यमा कमी आउनु वृद्धि भईरहन्छ । जस्तै शेयर बजारमा पनि त त्यही हो । व्यक्तिगत रुपमा भन्नुपर्दा नेपाल सरकारले कसैलाई पनि सुन ल्याउन दिएको छैन ।
सुन बाहिरबाट आयत् गर्दा काँचो पनि ल्याइन्छ, रेडिमेड पनि । त्यसरी ल्याएको सुनलाई ग्राहकहरूमा विश्वसनीय कायम गर्ने मापदण्ड के हुन सक्छ ?
व्यक्तिगत रुपमा भन्नुपर्दा नेपाल सरकारले कसैलार्ई पनि सुन ल्याउन दिँदैन । गत आवमा मौद्रिक नीति बजेटबाट आएपछि फागुनसम्म ५० हजार रुपैयाँ बराबरको सुन ल्याउन छुट दिइएको छ । १० ग्रामको ५ हजार २ सय डलर भन्सार तिरेर ल्याउन सकिन्छ र त्यो भन्दा बढी ल्याउँदा ६ हजार २ सय डलर भन्सार तिरेर ल्याउन सकिन्छ भनिएको छ । त्यो भन्दा बढी ल्याउन कमर्शियल बैंकहरूबाट आयत् गरिनु पर्छ । बैंकहरू मार्फत चाहीँ लिन पाउँछ ।
ग्राहकहरूलाई सुन बेच्दा कुनै व्राण्डको रुपमा पाउन सकिदैन । मूल्यमा एकरुपता पाएपनि वस्तुमा एकरुपता पाइदैन । सबै व्यवसायीहरू आफ्नो व्यवसायको स्तर अनुसार गरिन्छ । त्यो व्राण्डको रुपमा तयार नहुँदा कसरी विश्वास गर्ने ?
ब्राण्ड भनेर अझै आएको छैन । काठमाडौं तीनचारवटा व्राण्डको रुपमा आएका छन् । त्यो पनि टिकाउ चाहीँ भएको छैन । व्राण्डको रुपमा इसा डायमण्डले आएको छ । देशभर एउटै व्राण्डमा ल्याएर सप्लाई गर्ने क्रममा उहाँहरूले पनि कच्चा पदार्थ पाउन सकिरहेको छैन । सुनचाँदी आयत् गर्ने जुन प्रकारको कोटाहरू छ सरकारको रेष्ट्रिक्सनको कारणले गर्दा हुन सकिरहेको छैन । आपूर्तिमा समस्या नहुने हो भने ग्राहकको माग अनुसार व्राण्डको रुपमा जान सकिन्छ ।
यहाँले मल्लकालीन अवस्थादेखि महत्वपूर्ण कुरा बताउनु भयो हिजोको सुनका गहनाहरू कलात्मक थिए । आज पनि कलात्मक छन् । ती कलात्मक क्षेत्रमा काम गर्न कालीगढहरूको अभाव छ भनेर भन्नु भएको छ । त्यस प्रकारको अभावलाई पूर्ति के गर्नु पर्छ जस्तो लाग्छ ?
मानिसहरू पढिलेखेको भएपछि विदेशै जानुपर्छ भन्ने मानसिकतामा छन् । सुनचाँदी व्यवसायीहरूका छोरोछोरीहरू डाक्टर, इन्जिनियर अथवा अरुनै क्षेत्रमा लागोस् भन्ने इच्छा चाँही भएको पाइन्छ । तर यो सुनचाँदी व्यवसाय गरेर हामीले रोजीरोटी चलाउन सक्छौ भने सम्भावना कम देख्नु भएको कारण तपाईले भन्नु भएको कुरा समस्याको रुपमा आएको छ ।
२०५९ सालअघि नेपाल सुनचाँदी व्यवसायी महासंघ बन्नुभन्दा अघि तालिम केन्द्र बनायौं । न्युहु सिका ट्रेनिङ्ग सेन्टरमा हजारौंले तालिम लिईसके । नयाँ पीँढिलाई हस्तान्तरण गर्ने कार्य गरेका छौं । तर, त्यो काठमाडौंमा मात्र सीमित छ । त्यतिले मात्र प्रभावकारी हुन सक्दैन । देश प्रादेशिक संरचनामा गईसकेको अवस्थामा सातै प्रदेशमा त्यस प्रकारको तालिम केन्द्रहरू स्थापना हुन जरुरी छ ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि खुल्ला अर्थतन्त्र आयो । नेपालमा २०६२÷०६३को जनआन्दोलन पछि बनेको संविधानले पनि देशको अर्थतन्त्रलाई खुलै राखियो । नेपालमा अरु उद्योग व्यवसायलाई जस्तै प्रभाव सुनचाँदी व्यवसायमा खुल्ला अर्थतन्त्रले प्रभाव पा¥यो कि पारेन ?
हामीले प्रभावको खोजी गरिरहेका छौं । देशको अरु उद्योगहरू जस्तै सञ्चार, स्वास्थ्य, शिक्षामा चौतर्फी रुपमा विकास भएको छ । सुनको क्षेत्रमा विकास होइन नियन्त्रणत्मक गर्नु पर्छ भन्ने मनसाय सरकारको भएको देखिन्छ । सरकारले तपाईहरूलाई कानूनको आवश्यकतै पर्दैन । तपाईहरूले धेरै कर हामीलाई तिरीरहेको छ । कानून बनाउने जिम्मेवारी हाम्रो हो भनेर चाँडो भन्दा चाँडो कानून बनाउने आश्वसन पाईरहेका छौं । कहिले सम्म दिनुहन्छ थाहा छैन । त्यसपछि मात्र हाम्रो व्यवसायको व्यवसायिक सुरक्षा र विकासमा फड्को मार्छ ।
अन्तमा केही भन्नु हुन्छ की ?
सुनचाँदी गरगहना भनेको सर्दाको लागि गहना र असर्दाको लागि खजनाकै रुपमा आएको छ मलाई के लाग्छ भने नेपालमा हिमाल देखि तराई सम्म विरलै त्यस्तो होला जहाँ सुन नहोस् । हाम्रो संस्कारमा के छ भने जन्मदेखि मृत्यसम्म सुनचादीको उपयोग हुन्छ । हामीले नेपालीको परिचय दिँदा घाँटीमा लगाउने पोते र पोतेमा उनीएका तिलहरीले संसारको जुनसुकै ठाउँमा नेपाली महिला हुन् भनेर चिन्न पाउँछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया