लोकपप गायिका पार्वती खनालको “छाब्दी बाराही” म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ ४ फागुन

लोकपप गायिका पार्वती खनाल र रवि घर्ति मगरको स्वर रहेको यस छाब्दी बाराही लोक दोहोरी गीत युटुब मार्फत सार्वजनिक  भएको छ  । गीतमा शब्द–लय विवश गोर्खालीको, अभिनय सुवास पन्थ र आशिका गुरुङ्गले गरेका छन्  ।  निर्देशन जीवन पन्त र सम्पादन तथा छायांकनमा शक्ति प्रज्जवल घिमिरे रहेका छन्  ।

गीतलाई बजारमा सार्थक डिजिटल प्रालिले ल्याएको छ ।  सुमिन कान्छा, शिव पन्त निश्छल, म तिम्रो बन्न सक्दिन,अमर विश्व, कृष्ण बस्याल ,अम्बिका पन्त,डम्बर थापा ,जगत छेत्री सरिता घिमिरे देब थापा ,निता थापा ,कृपाराम पुन मगर,सावित्री कणेल ,पदम श्रेष्ठ ,तेक आले र छाब्दी बराही रोधिघर तनहुँ लगाएतले गीतमा सहयोग गरेका छन्   ।
तनहुँ जिल्लाको धार्मिक स्थल छाब्दी बाराही गाउँमा बाराहीको प्रसिद्ध मन्दिर छ । यो भिडियो सो मन्दिरको गुण-गान गरि रचिएको म्युजिक भिडियो हो । छाब्दी खोलाको शिरमा रहेको यो मन्दिर स्थलमा एउटा कुण्ड पनि छ । यस कुण्डका माछाका रुपमा सत्यवतीको जन्म भएको विश्वास छ । छाब्दी बाराही तनहुँकै ढोर फिर्दीको ढोर बाराही दिदी बहिनी मानिन्छ । यहाँ मन्दिरका माछा मरेमा पुजारीले तिनको हिन्दु परम्परा अनुसार काज क्रिया गर्नु पर्छ । बाराही स्थलमा पशु दिने चलन छ । तर औँसी, एकादशी र श्रावण महिनामा भने पशु बली दिन पाइदैन । यस म्यूजिक भिडियोमा छाब्दी मन्दिर, मन्दिर पुजारी र मन्दिरका देवताको रुपमा रहेको माछा, छाब्दी बाराही परिसरमा रहेको भिमसेनको मन्दिर र अन्य देवी देवताको मुर्तिहरु आदिको मनोरम दृश्यहरु देख्न पाइनेछ   ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया