एनएमबि बैंकको पहिलो ६ महिनामा ४४ प्रतिशतले खुद मुनाफा वृद्धि
बिजनेसपाटी १५ माघ
एनएमबि बैंकले पहिलो ६ महिनामा ४४ प्रतिशतले खुद मुनाफा वृद्धि गरि ७० करोडबाट १ अर्ब पुर्याएको छ। चालु आबको पुस मसान्तसम्ममा बैंकले ८० अर्ब ५५ करोड निक्षेप संकलन गरी ७० अर्ब ९३ करोड कर्जा प्रबाह गरेको छ । यस अवधिमा बैंकको व्याज आम्दानी ४ अर्ब २५ करोड छ भने व्याज खर्च २ अर्ब ७५ करोड गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकले एक अर्ब ५० करोड खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा एक अर्ब २६ करोड खुद व्याज आम्दानी गरेको थियो।
बैंकले चुक्ता पूँजी पाँच अर्ब ४३ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। राष्ट्र बैंकले तोकेबमोजिमको चुक्ता पुँजी पुर्याउन बैंकले अझै एक अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्नेछ। सो रकम बैंकले गतबर्षको कमाईबाट बोनस घोषणा गर्न बाँकी छ । जगेडाकोषमा बैंकले ५ अर्ब २३ करोड राखेको छ ।
बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत, खराब कर्जा १.२० प्रतिशतमा सिमित गरेको छ। । गत आबको सोही अबधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशत थियो । बैंकले २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको आधार व्याजदर ७.५४ बाट बढेर १०.३५ प्रतिशत पुगेको छ। कोषको लागत चारबाट ७ प्रतिशत नाघेको छ । सीसीडी रेसियो पनि ७६.६१ प्रतिशत वरपर भएकोले बैंकलाई लगानी गर्न अन्य बैंकको तुलनामा समस्या छैन ।
बैंकको प्रतिशेयर आम्दानी ३१.१८ रुपैयाँ, तरलता अनुपात २४.३२ प्रतिशत, मुल्य आम्दानीको अनुपात १४.६६ गुणा, र प्रतिशेयर नेटवर्थ १८०.९८ रुपैयाँ रहेको छ । यसरी बैंकले दोश्रो त्रैमाससम्म उलेखनीय प्रगति गरेको देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया