साताको सेयर बजार : एक अर्ब ५४ करोडको कारोबार
बिजनेसपाटी ४ फागुन
नेप्सेमा यो साता एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो साता एक सय ७९ कम्पनीहरुको ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयर खरिद विक्री भएको हो ।
अघिल्लो साता १७६ कम्पनीहरुका एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो ।
यो साता प्रभु बैंकको सबै भन्दा धरै संख्यामा सेयर कारोबार भएको छ । बैंकको सबैभन्दा बढी दुई लाख ९३ हजार कित्ता सेयर ६ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया