सेञ्चुरी बैंकका पाँचवटा नयाँ शाखा शुभारम्भ

काठामाडौ–९ फागुन

सेञ्चुरी कमर्सियल बैंकले हालै ५ वटा नयाँ ग्रामीण शाखा विस्तार गरेको छ । बैंकले खोटाङ्ग जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयहरुको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रीय कार्यलयबाट शुभारम्भ गरेका हुन् ।  यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया