नबिल बैंकले पनि सुरु गर्यो सि आस्बा

बिजनेसपाटी १० फागुन

नबिल बैंकले  सेयर आवेदन गराउन सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी सो सेवा सन्चालनमा ल्याएको जनाएको छ।

बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिई सि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन् ।

साथै अनलाईन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि-आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ ।

बैंकले सि-आस्बासँगै आबद्द सेवाहरु जस्तै सि-आस्बा रजिस्ट्रेसन, हितग्राही(डिम्याट) खाता खोल्ने, सि-आस्बा प्राणाली मार्फत धितोपत्रमा लगानी गर्ने तथा मेरो शेयर रजिष्ट्रेशन समेत लाग्ने सम्पुर्ण बैंक शुल्क निशुल्क गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया