एनआईसी एसियाको १०% वार्षिक ब्याजदरको ‘समुन्नति प्लस बचत खाता’ योजना
काठमाडौं १५ फागुन
एनआईसी एसिया बैंकले वार्षिक १० प्रतिशत ब्याज दिनेगरी ‘समुन्नति प्लस बचत खाता’ योजना सञ्चालनमा ल्याएकाे छ। यसअघि समुन्नति बचत खाता र उच्च ब्याजदरका साथमा समुन्नति मुद्दति खाता सञ्चालनमा ल्याएको यो योजना पनि लोकप्रिय भई ग्राहकहरुले बढी भन्दा भढी लाभ उठाउने बैकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए। ‘हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौँ साथी’ भन्ने नाराका साथ सार्वजनिक गरिएको खातामा न्यूनतम मौज्दात १० हजार हुनुपर्ने बैकले जनाएको छ। यो खाता खोल्ने ग्राहकले ‘लकर’ सेवामा ५० प्रतिशत छुट पाउनुका साथै नि:शुल्क रूपमा मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र डि–म्याट खाता खोल्न पाउनेछन्। यस खातामा त्रैमासिक रूपमा ब्याज भुक्तानी दिइने छ । यो खातामा निःशुल्क डेबिट कार्ड पनि उपलब्ध गराइने बैंकले बताएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया