मुक्तक : नारी दिबश

                  सुमित्रा ढकाल 

माया, प्रेम, स्नेह र ममताको कबिता हूँं म ।
धर्म ग्रन्थबाट पुजित भागबत र गिता हूँ म ।
सत्य देखि कलियुगसम्म उही नियतिमा ।
अग्नि परिक्षामा समेत होमिएकी सिता हुँ म ।
गजल
छोरी बहिनी पत्नि आमा सबै एक नाम नारी
समाज अनि परिवारको स्वर्ग उपनाम नारी ।

सहनशिलताकी प्रतिक बात्सल्यकी खानी तिमी
कालि दुर्गा सरस्वती आदि शक्ति तमाम नारी ।

तिनै नारी द्रौपदिको पाचैं पति वरिपरि ।
भारी सभा बिचमा पनि लुटिइन खुलेयाम नारी ।

एकान्त र अंध्यारोमा बोक्नुपर्ने कत्रो भए ।
लुट्छ एउटा नरपिचास, हुन्छिन बदनाम नारी ।

अन्याय र अत्याचारको बाँध तोड्न पर्यो भने ।
रणचन्डि बनि सखाप पार्ने काम गर्छिन नारी ।।।

प्रकाशित मिति २०७४-११-२४

फेसबुकबाट तपाईको प्रतिक्रिया