नेप्सेमा एक करोड कित्ता बोनस सेयर सूचीकृत
बिजनेसपाटी २७ फागुन
आईतबार नेप्सेमा एकैदिन ८ कम्पनीको एक करोड तीन लाख ४२ हजार ४२३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यी सबै कम्पनीहरुले साधारणसभाबाट पारित बोनस सेयर सूचीकृत गराएका हुन् ।
सूचीकृत हुनेहरुमा स्वरोजगार लघुवित्त, लक्ष्मी लघुवित्त संस्था, ग्लोबल आईएमई लघुवित्तीय संस्था, कैलाश विकास बैंक, एक्सेल डेभलपमेण्ट बैंक, चिलिमे हाइड्रोपावर र बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्सको बोनस सेयर रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया