एनआइसिको उच्च व्याजदर चैत २ गतेसम्म लागु हुने

काठमाडौँ ३० फागुन

एनआइसि एसिया बैंकले ग्राहक बर्गलाई आफूले दिन चाहेको व्याजदर सेवामा बैंकर्स संघले अबरुद्ध गरेपनि अन्य सेवा र सुविधामा सधै अग्रणी भूमिका खेलीरहने जनाएको छ । उसले ग्राहक महानुभावलाई चैत २ गतेसम्म तोकिएकै व्याज दिने र तत् पश्चात बाध्यताले घटाइने भन्दै सो अबधिसम्म सेवा लिन पनि एक विज्ञप्ति जारी गरी अनुरोध गरेको छ । सो विज्ञप्तिमा एआआइसि एसिया बैंकले भनेको छ ‘छोटो समयमै बैंकलाई यस उचाईमा पु¥याउन अमुल्य योगदान पु¥याउनुहुने आम सर्वसाधारण, सेयरधनीहरु, सम्पूर्ण आदरणीय सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आम सञ्चार जगतमा वहाँहरु सबैले पु¥याउनु भएको सहयोगको लागि यस बैंक हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छ ।’

  

फेसबुकबाट तपाईको प्रतिक्रिया