सेञ्चुरी बैंकले बोनस शेयर र नगद लाभांश दिने

काठमाडौं, १ चैत्र  ।

सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न साधारणसभाले शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

आव २०७४÷७५ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ५२.१७ अर्ब र कर्जा रकम ४७.०२ अर्ब परिचालन गरी ३९.२७ करोड रुपैयाँ सञ्चालन मुनाफा र ३२.५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया