नेप्सेमा राधि बिद्युत कम्पनीको शेयर सुचिकृत
काठमाडौँ ५ चैत्र
नेपाल स्टक एक्चेन्जमा आइतबार राधि बिद्युत कम्पनी लिमिटेडको ४१ लाख कित्ता शेयर सुचिकृत भएको छ ।
सुचिकृत शेयर आगामी सातादेखि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्नेछन् ।
कम्पनीले पुस ३ गते देखि ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो । राधिको अधिकृत पुंजी १ अर्ब ५० करोड छ। कम्पनीको जारि पुंजी ४१ करोड छ। जारि पुंजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ।
सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेको छ। राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया