दोर्दीखोला जलविद्युतले आइपिओ निष्कासन गर्ने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_777,h_437/https://businesspati.com/wp-content/uploads/2018/02/ipo.jpg)
बिजनेसपाटी ६ चैत्र
दोर्दीखोला जलविद्युत कम्पनीले आईपिओ निष्कासनको प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव राखेर चैत २८ गते साधारण सभा बोलाए छ ।
लम्जुङमा १२ मेगावाटको दोर्दीखोला एक आयोजना निर्माण गरिरहेको कम्पनीले साधारणसभाबाट सो प्रस्ताव पारित गरेपछि आईपिओ निष्कासनको काम अघि बढ्नेछ । अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ रहेको आयोजनाको आउदो डेढ वर्षमा सम्पन्न हुने लक्ष्य छ । छ । उक्त आयोजनामा कृषि विकास बैंक,लक्ष्मी बैंक, सानिमा बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया