मुक्तिनाथ बैंकको डेपुटी सिइओमा तारा मानन्धर
काठमाडौँ ३ बैशाख
मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले आईतबारदेखि मानन्धरलाई पदबहाली गरेको छ ।
विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव संघालेका उनी मुक्तिनाथ विकास बैंक आउनुअघि प्रभु बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
त्रिभुवन विश्व विद्यालयबाट उनले एम.बि.ए उपाधि प्राप्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया