अनलाइन मार्फत सेयर खरिद-बिक्रि आदेश दिन सकिने व्यवस्था कार्यन्वयनमा

बिजनेसपाटी ३ बैशाख

नयाँ बर्षबाट इन्टरनेटमार्फत शेयर खरिद बिक्रि आदेश दिनसक्ने व्यवस्था कार्यन्वयनमा आएको छ।  यस प्रणालीको सुरुवात आइतबार ब्रोकर संघका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर क्रिस्टल कञ्चनजंगा सेक्युरिटिजबाट भएको हो।

धितोपत्र बोर्डका अध्यक्ष ड़ा रेवतकार्कीले अनलाइन मार्फत खरिद बिक्रिको आदेश दिन मिल्ने प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउद, ब्रोकर संघका अध्यक्ष प्रियराज रेग्मी, डीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, सेबोनका निर्देशक तथा प्रवक्ता निरज गिरि लगायतका अधिकारिहरुको उपस्तिथीमा औपचारिक रुपमा कार्यन्वयनमा आएको यो व्यवस्थाले पाइपलाइनमा रहेको अनलाइन कारोबार प्रणालीलाई सहयोग पुग्ने बताइएको छ ।

ब्रोकर नम्बर ५० बाट सुरु भएको यो व्यवस्था अन्य ब्रोकरहरुले पनि क्रमश लागू गर्ने बताइएको छ। हाल ब्रोकरहरुले प्रयोग गर्दै आएको बोस र मण्डला कम्पनिको ब्रोकर ब्याक अफिसमा कार्यन्वयनमा ल्याइएको सिस्टम जडान भएपछी लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिएर अनलाइन मार्फत नै शेयर खरिद बिक्रिको आदेश दिन सक्नेछन।

अनलाइन मार्फत शेयर खरिद बिक्रि आदेशको व्यवस्था कार्यन्वयन गर्न धितोपत्र बोर्डले गत फागुन २६ गते ब्रोकरहरुलाई निर्देशन दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया