सी–आस्वा सेवा प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन
बिजनेसपाटी
नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवा दिन अनुमति पाएका बैंक-वित्तीय संस्थालाई सो सेवा प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ । सी–आस्वा सेवा अनुमति पाएका कतिपय बैंक-वित्तीय संस्थाले प्रभावकारी रुपमा सेवा नदिएको भन्दै प्रभावकारी बनाउन बोर्डले परिपत्र गरेको हो।
बोर्डले सी–आस्वा सफ्टवेयरमा रुजु गरी ग्राहकको पहिचान एकिन गरेपछि मात्र सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि प्राप्त आवेदन बुझिलिन आग्रह गरेको छ । बोर्डले लगानीकर्ताहरुको खातामा आवेदनमा उल्लेख भए अनुसार प्रयाप्त रकम उपलब्ध भए वा नभएको यकिन नगरिकनै आवेदन बुझिलिने र कतिपयले चेक समेत बुझिलिने गरेकाले सेवा प्रभावकारी बनाउन परिपत्र गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया