वाइकोले सम्पन्न गर्यो पूर्णस्वचालित अनलाइन कारोबार गर्न सकिने सफ्टवेयर निर्माणको काम
काठमाडौँ ७ बैशाख ।
नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीबारे आज शुक्रबार ब्रोकर कम्पनीका प्रतिनिधिलार्इ हालसम्म भएको प्रगतिबारे बिफ्रिङ गर्ने भएको छ।
ब्रोकर कम्पनीका प्रतिनिधीलाई सफ्टवेयर कम्पनी वाइकोले अहिलेसम्मको प्रगतिकाबारेमा बिफ्रिङ गर्ने भएको हो। बिफ्रिङसंगै ब्रोकर कम्पनीको सुझाब लिएर अनलाइन प्रणालीमा समावेश गरिने नेप्सेले जानकारी दिएको छ । नेप्सेले यसअघि क्लियरिङ बैंक र केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)लाई बिफ्रिङ गरिसकेको छ। वाइकोले पूर्ण स्वचालित अनलाइन कारोबार गर्न सकिने सफ्टवेयर निर्माणको काम सकिएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया