जनता बैंक नेपाल र जिएमई रेमिट बीच सम्झौता
काठमाडौँ ७ बैशाख
जनता बैंक नेपालले ‘जनता रेमिट’को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिटसंग सम्झौता गरेको छ।
सो सम्झौता पत्रमा जनता बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरेका छन् ।
सो सम्झौता अनुसार ‘जनता रेमिट’ मार्फत पठाएको रकम जिएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ। त्यस्तै जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ।
जनता बैंकले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको बताएको छ ।
जीएमई रेमिट्यान्सले हाल हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको बैंकले बिज्ञप्ति मार्फत जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया