नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आईपीओ १२ गतेबाट खुल्दै

काठमाडौं, १० वैशाख  ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । लघुवित्तले वैशाख १२ गतेदेखि एक लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो  । लघुवित्तलेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न लागेको हो ।

निष्काशन गर्न लागिएको कुल शेयरमध्ये ३ हजार ६ सय कित्ता शेयर कम्पनीका कर्मचारीको लागि हो भने ९ हजार कित्ता सामुहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । त्यो बाहेक बाँकी एक लाख ६७ हजार चार सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

वैशाख १६ र ढिलोमा जेठ १० आइपिओ निष्कासन बन्द मिति रहेको छ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया