ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा
काठमाडौं, वैशाख १० ।
काठमाडौको ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा संचालनमा आएको छ । नयाँ शाखाको उद्घाटन बैंकका संचालक पुष्पबहादुर प्रधानले सोमबार गरेका हुन् ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्य प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया