ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं, वैशाख १० ।

काठमाडौको ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा संचालनमा आएको छ ।  नयाँ शाखाको उद्घाटन बैंकका संचालक पुष्पबहादुर प्रधानले सोमबार गरेका हुन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्य प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया