जोशी हाइड्रो पावरको आईपीओ स्वीकृत

काठमाडौं,११ वैशाख  ।

जोशी हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको छ । कम्पनीलाई ३ लाख ७१ हजार ४ सय कित्ता आईपीओ स्थानीय वासिन्दाका लागि जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर विक्रि तथा निस्काशनकर्तामा सिद्धार्थ क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया